नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भदौ १५ गते सम्पन्न भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ।
कम्पनीले साउन ६ गतेदेखि भदौ २ गतेसम्म बिक्रीका लागि हकप्रद सेयर निष्काशन गरेको थियो, जसमा १९ हजार ८०५ जना लगानीकर्ताले आवेदन दिएका थिए। कम्पनीका अनुसार रितपूर्वक आवेदन दिएका सबैलाई कुल ६३ लाख ७९ हजार ९२५ कित्ता सेयर वितरण गरिएको छ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत बराबर, अर्थात् १० कित्ता सेयरमा ३.४७ कित्ता अनुपातमा, ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो। तर, यसमध्ये १ लाख ९७ हजार ४२ कित्ता सेयरमा आवेदन नपरेको र ती सेयर लिलाम बढाबढमार्फत बिक्री गरिने कम्पनीले जनाएको छ।
साथै, आफ्नो कायम हकभन्दा बढी सेयरका लागि आवेदन दिएका लगानीकर्तामध्ये बाँडफाँडमा नपरेको रकम भदौ १८ गतेदेखि आइपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिने जानकारी दिइएको छ।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया