९ वर्षपछि नेपाल–भारत गृह सचिवस्तरीय बैठक बस्दै, केके छन् एजेन्डाहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ४ गते
९ वर्षपछि नेपाल–भारत गृह सचिवस्तरीय बैठक बस्दै, केके छन् एजेन्डाहरु ?

नेपाल र भारतबीच ९ वर्षपछि गृहसचिवस्तरीय बैठक हुन लागेको छ। सन् २०१६ यता पहिलोपटक यस्तो बैठक हुन लागेको हो। मंगलबारदेखि दुई दिनसम्म नयाँ दिल्लीमा सञ्चालन हुने बैठकमा सहभागी हुन गृह सचिव गोकर्णमणि दवाडीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सोमबार भारत प्रस्थान गर्ने तयारीमा रहेको छ। बैठकमा परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्।

बैठकमा अन्तरदेशीय अपराध नियन्त्रण, सीमा व्यवस्थापन, सीमास्तम्भ (पिलर) मर्मत, तस्करी नियन्त्रण, पारस्परिक कानुनी सहायता र सुपर्दगी सन्धीबारे छलफल हुने गृह मन्त्रालयले जनाएको छ। साथै, दुई मुलुकका सुरक्षा निकायहरूबीच सहकार्य मजबुत बनाउने विषयमा पनि धारणा आदानप्रदान हुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सेतोपाटीसँग कुरा गर्दै बैठक गृह मन्त्रालयसँग सम्बन्धित विषयमा केन्द्रित हुने जानकारी दिए।

नेपालले लिम्पियाधुरा, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच गृहसचिवस्तरीय बैठक हुन सकेको थिएन। अब भने उक्त संवाद पुनः सुरु हुन लागेको छ। यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ गतेदेखि दुई दिने भारत भ्रमणमा जान लागेका छन्। यी दुई घटनालाई नेपाल–भारत सम्बन्धमा पुनः सक्रियता ल्याउने संकेतका रूपमा हेरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स