नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १०६.६२ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष यस अवधिमा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा बढेसँगै संस्थाको नाफा बढेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८७.९६ प्रतिशतले बढेर ६६ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस अवधिमा यो ३५ करोड ३१ लाख रुपैयाँमात्र थियो।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.७० प्रतिशतले घटेर ३.०४ प्रतिशतमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज भने ३ करोड ९ लाख बाट बढेर १० करोड ११ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको वितरणयोग्य मुनाफा २४ करोड १५ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसाले बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा कायम भएको छ।
१ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा हाल १ अर्ब ३५ करोड रुपैयाँ सञ्चित छ।













प्रतिकृया