मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। यो सेयर हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्री खुला गरिएको हो।
सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि तोकिएको छ। इच्छुक संस्थापकहरूले बनेपा–१३, काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या, मूल्य र बिक्री गर्न चाहने सेयरधनीका नाम जस्ता विवरण भने सूचनामा उल्लेख गरेको छैन। तोकिएको समयभित्र सेयर बिक्री नभएमा सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया