मानुषी लघुवित्तको संस्थापक सेयर बिक्रीमा



Advertisement
Ads

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। यो सेयर हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्री खुला गरिएको हो।


Advertisement

सेयर खरिदका लागि संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि तोकिएको छ। इच्छुक संस्थापकहरूले बनेपा–१३, काभ्रेपलाञ्चोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।


Advertisement

कम्पनीले बिक्रीमा राखिएको सेयर संख्या, मूल्य र बिक्री गर्न चाहने सेयरधनीका नाम जस्ता विवरण भने सूचनामा उल्लेख गरेको छैन। तोकिएको समयभित्र सेयर बिक्री नभएमा सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर