माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न शाखाका लागि ७० जना Trainee Junior Assistant पदमा कर्मचारी माग गरेको छ। ‘ए’ वर्गको वाणिज्य बैंक माछापुच्छ्रेले उत्साही, परिणाममुखी र दक्ष नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो।
बैंकका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखाहरूमा नियुक्तिका लागि कर्मचारी माग गरिएको हो। उम्मेदवारले व्यवस्थापन, व्यवसाय अध्ययन वा व्यवसाय प्रशासनमा स्नातक वा सो सरहको डिग्री हासिल गरेको र न्यूनतम ५०% अंक वा २.५ सीजीपीएसहित स्नातक पास गरेको हुनुपर्नेछ।
उम्मेदवार कम्प्युटर प्रयोगमा दक्ष, अंग्रेजी र नेपालीमा बोलचाल तथा लेखन गर्न सक्षम हुनुपर्ने र उमेर ३० वर्ष ननाघेको हुनुपर्नेछ। स्थानीय तथा छिमेकी जिल्लाका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
चयन भएका उम्मेदवारहरूलाई तोकिएको प्रदेशमै कार्यस्थल तोकिए पनि बैंकको आवश्यकता अनुसार नेपालभरका शाखामा तोक्न सकिनेछ।
दरखास्त भदौ १८ गते साँझ ५ बजेसम्म मात्र खुला रहनेछ। इच्छुकले बैंकको आधिकारिक वेबसाइट career.machbank.com मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।


प्रतिकृया