ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाएको भन्दै संघको आपत्ति

ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र जुत्ताको माला लगाएको भन्दै संघको आपत्ति
Advertisement Ads

सप्तरीको रुपनी शाखामा कार्यरत ज्योति विकास बैंकका कर्मचारीहरू माथि कालोमोसो लगाइ जुत्ताको माला लगाएर दुर्व्यवहार गरिएको घटनाप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघले विरोध जनाएको छ।

गत २५ मंसिर, रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठ र बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक सुमित श्रेष्ठमाथि हातपात र दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो।

संघका अनुसार, आफ्ना जिम्मेवारी निर्वाह गर्ने क्रममा केही अराजक समूहले कालोमोसो लगाउने, जुत्ताको माला ओढाउने र कुटपिट गर्ने घटना गरिसकेको भन्दै कडा आपत्ति जनाएको छ।

संघले यस घटनालाई सहन नहुने बताएका छन् र बैंक कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग कदम चाल्ने चेतावनी दिएको छ।

download 6 https://bajarkochirfar.com/jyoti-bikas-bank-employees-protest-wearing-black-masks-and-shoe-garlands | %tags

download 1 2 https://bajarkochirfar.com/jyoti-bikas-bank-employees-protest-wearing-black-masks-and-shoe-garlands | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स