ज्योति विकास बैंक लिमिटेडले शाखा प्रबन्धक र सम्बन्ध व्यवस्थापकका पदहरूमा आवेदन आह्वान गरेको छ।
शाखा प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक र बैंक तथा वित्तीय क्षेत्रमा कम्तीमा ३ देखि ५ वर्षको अनुभव आवश्यक छ। त्यस्तै, सम्बन्ध व्यवस्थापकका लागि पनि स्नातक योग्यता र ऋणसम्बन्धी कार्यमा २ देखि ५ वर्षको अनुभव मागिएको छ। उमेर सीमा अधिकृत तहका लागि ४० वर्ष र सुपरभाइजर वा सहायक तहका लागि ३० वर्ष तोकिएको छ।
इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा [email protected] मा पठाउन सक्नेछन्। आवेदन दिने अन्तिम कार्तिक ३ गते (२० अक्टोबर २०२५) तोकिएको छ।


प्रतिकृया