ज्योति विकास बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ६ गते
ज्योति विकास बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

ज्योति विकास बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ। बैंकको सञ्चालक समितिले फागुन ५ गते बसेको बैठकमा यही फागुन २८ गते काठमाण्डौ, नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा लाभांशसँग सम्बन्धित कुनै प्रस्ताव पेश हुने छैन। मुख्य एजेन्डामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल र पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको गत आवको वित्तीय विवरण पारित गर्ने तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समावेश छन्।

साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स