एक रुपैयाँको सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने सरकारको निर्णयप्रति भीम रावलको आपत्ति, ‘राष्ट्रघाती कदम’ भएको दाबी

एक रुपैयाँको सिक्काबाट ‘चुच्चे नक्सा’ हटाउने सरकारको निर्णयप्रति भीम रावलको आपत्ति, ‘राष्ट्रघाती कदम’ भएको दाबी
Advertisement Ads

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक डा. भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको ‘चुच्चे नक्सा’ हटाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो निर्णय नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर कदम भएको बताएका छन्।

सरकारले गत ३२ असारमा बसेको मन्त्रिपरिषद् बैठकबाट एक रुपैयाँको नेपाली सिक्कामा रहेको नेपालको नक्सा हटाएर त्यसको स्थानमा गुम्बाको चित्र राख्ने निर्णय गरेको थियो। सोही निर्णयलाई लिएर रावलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

“यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिने छ”, रावलले सामाजिक सञ्जालमा लेखेका छन्।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल सरकारले जनतालाई यथार्थ जानकारी तत्काल उपलब्ध गराउनुपर्ने उनको माग छ।

Screenshot 19 7 2026 125112 www.facebook.com https://bajarkochirfar.com/bhim-rawal-objects-to-the-governments-decision-to-remove-the-chuchche-map-from-the-one-rupee-coin-claims-it-is-a-treasonous-move | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स