ज्योति विकास बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा आज फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुँदैछ।
बैंकको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेकोले यस सम्बन्धी प्रस्ताव सभामा समावेश गरिएको छैन।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पनि छलफल गरी स्वीकृत गरिनेछ।
यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बुक क्लोज (सेयर दाखिल खारेज) गरिसकेको छ। बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फागुन १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा सहभागी हुन सक्नेछन्।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया