घुससहित काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ८ गते
घुससहित काठमाडौं महानगरका लेखा अधिकृत पक्राउ
AdvertisementAds

काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

सोही सूचनापछि खटिएको अख्तियारको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स