सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ।
राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोग सुनिश्चित गर्दै नियुक्ति प्रक्रियालाई मितव्ययी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले पार्टीले आफ्ना सांसदलाई नयाँ मापदण्डअनुसार स्वकीय सचिव नियुक्त गर्न निर्देशन दिएको हो।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा स्वकीय सचिव छनोट गर्दा नातावाद र परिवारवादको परिधिभन्दा बाहिरका व्यक्तिलाई मात्र प्राथमिकता दिनुपर्ने उल्लेख छ। साथै, प्रविधिमैत्री क्षमता भएका, अनुसन्धानमा दक्ष र पार्टीको मूल्य–मान्यताप्रति निष्ठावान् उम्मेदवारलाई प्राथमिकतामा राख्न भनिएको छ।
निर्देशनमा समावेशितालाई प्रोत्साहन गर्न, दोहोरो सुविधा लिइरहेका वा कुनै पनि प्रकारको स्वार्थ बाझिने उम्मेदवारलाई नियुक्ति प्रक्रियाबाट बाहिर राख्नुपर्ने व्यवस्था गरिएको छ। छनोट, नियुक्ति र अनुमोदन प्रक्रिया प्रतिस्पर्धात्मक बनाउन पनि सांसदलाई निर्देशन दिइएको छ।
योग्य उम्मेदवार छनोट भएपछि स्वकीय सचिव नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। साथै, पार्टीका सबै सांसदले उच्च नैतिक आचरण र जनउत्तरदायित्व कायम राख्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया