डिम्याट खाता नवीकरण गर्न सिडीएससीको आग्रह, साउन १६ गतेदेखि शुल्क नतिरेका खाता रोक्का हुने

डिम्याट खाता नवीकरण गर्न सिडीएससीको आग्रह, साउन १६ गतेदेखि शुल्क नतिरेका खाता रोक्का हुने
Advertisement Ads

सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले लगानीकर्तालाई डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क समयमै बुझाउन आग्रह गरेको छ। कम्पनीले आर्थिक वर्ष समाप्त हुनुअघि सम्बन्धित निक्षेप सदस्य (डीपी) मार्फत वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको जनाएको छ।

सीडीएससीका अनुसार तोकिएको समयभित्र वार्षिक शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता सम्बन्धित निक्षेप सदस्यले रोक्का राख्न सक्ने व्यवस्था छ।

वार्षिक शुल्क असार मसान्तभित्र बुझाउनुपर्ने भए पनि शुल्क नबुझाएका हितग्राहीलाई हुने असुविधालाई ध्यानमा राख्दै साउन १५ गतेसम्म ‘मेरो सेयर’ सेवा सञ्चालनमा रहने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

तर, वार्षिक शुल्क नबुझाएका हितग्राही खाता साउन १६ गतेदेखि रोक्का गरिने सीडीएससीले स्पष्ट गरेको छ।

2026 07 17 16 49 36 CDSC AMC 2083 04 01 https://bajarkochirfar.com/cdsc-urges-to-renew-demat-accounts-accounts-that-have-not-paid-fees-will-be-blocked-from-16th-of-shrawan | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स