insta insta

एसईई पास भएकाहरुलाई समता घरेलु लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

एसईई पास भएकाहरुलाई समता घरेलु लघुवित्तमा जागिर खुल्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस राष्ट्रियस्तरको लघुवित्त संस्थाले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयमा कर्मचारी माग गरेको हो।

केन्द्रीय कार्यालयका लागि सहायक प्रवन्धक, बरिष्ठ अधिकृत र अधिकृत पदमा स्नातक तह वा सो सरहको उपाधि र सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक छ। ईलाका प्रवन्धक वा अनुगमन अधिकृत पदका लागि स्नातक तह र तीन वर्ष, वा १०+२ पास र पाँच वर्षको अनुभव मागिएको छ। शाखा प्रवन्धकका लागि सुपरभाइजर वा बरिष्ठ सहायक तहमा १०+२ पास गरी तीन वर्षको अनुभव र सहायक पदका लागि एस.एल.सी/एसईई पाससहित तीन वर्षको अनुभव अनिवार्य छ। फिल्ड कर्मचारीका लागि एस.एल.सी/एसईई पास र कम्तीमा एक वर्षको अनुभव हुनुपर्नेछ।

आवेदन मिति प्रकाशनको १५ दिनभित्र www.samata.org.np को CAREER सेक्सनमार्फत अनलाइन वा बनेपा–७, काभ्रेपलाञ्चोकस्थित केन्द्रीय कार्यालयमा प्रत्यक्ष बुझाउन सकिनेछ। छनोट प्रक्रिया लिखित वा अन्तर्वार्तामार्फत हुनेछ।

Vacancy Samata Gharelu page 0001 https://bajarkochirfar.com/jobs-are-available-at-samata-domestic-microfinance-for-those-who-have-passed-see-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स