instainsta

यी तिन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिँदैछ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २८ गते
यी तिन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिँदैछ ?
AdvertisementAds

आइतबार तिन कम्पनीले लाभांश घोषणा गरेका छन् । हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा हुन् ।

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये १.५ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ। कम्पनीले पुस २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। साधारण सभाका प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ। यसअनुसार पुस ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।लघुवित्तले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये १४ प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

मंसिर २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीहरूलाई उक्त लाभांश वितरण गरिनेछ।

त्यस्तै,  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीहरूलाई उक्त लाभांश वितरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स