नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर लिमिटेड र हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
ङादी ग्रुप पावरको ४.७५ प्रतिशतका दरले हुन आउने १७ लाख ५८ हजार ७१५.२८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको १.५ प्रतिशतका दरले हुन आउने ३६ लाख ८३ हजार ९७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।



प्रतिकृया