नेपाल लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेपाल लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सहायक तहको उप-शाखा प्रमुख पदका लागि केही कर्मचारी माग गरेको छ।

कम्पनीले तनहुँको दुलेगौंडा, कास्कीको विरौटा, नवलपरासीको परासी, रूपन्देहीको फर्साटिकर र सुनसरीको चक्रघट्टीमा रहेका उप-शाखाहरूका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ। आवेदन दिने उम्मेदवारले व्यवस्थापन, मार्केटिङ वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्पनीले स्थानीय उम्मेदवारलाई प्राथमिकता दिने स्पष्ट पारेको छ।

इच्छुक उम्मेदवारहरूले २०८२ असार ७ गते (2025 जुन 21) भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। विस्तृत जानकारी र आवेदनका लागि नेपाल लाइफको वेबसाइट www.nepallife.com.np/career मा जान सकिनेछ।

506492153 1136263351874728 7579847707605943645 n https://bajarkochirfar.com/job-openings-at-nepal-life-insurance-for-which-positions-can-i-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स