ज्योति विकास बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २ गते
ज्योति विकास बैंकमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

ज्योति विकास बैंक लिमिटेडले ब्रान्च म्यानेजर र रिलेसनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको छ। व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक पास गरी सम्बन्धित क्षेत्रमा आवश्यक अनुभव भएका उम्मेदवारले साउन १७ गतेभित्र आवेदन दिन सक्नेछन्।

शाखा प्रबन्धकका लागि अधिकृत तहमा ५ वर्ष र सुपरभाइजर तहमा ३ वर्षको अनुभव आवश्यक छ भने रिलेसनसिप म्यानेजर पदका लागि जुनियर अफिसर तहमा ५ वर्ष, सुपरभाइजरमा ३ वर्ष र असिस्टेन्ट तहमा २ वर्ष अनुभव चाहिनेछ।

उमेर सीमा अधिकृत तहका लागि ४० वर्ष र सुपरभाइजर/असिस्टेन्ट तहका लागि ३० वर्ष तोकिएको छ। इच्छुक उम्मेदवारले बैंकको  वेबसाइट मा गएर आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स