पिपुल्स पावर लिमिटेडले आज (भदौ १५) गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि ३ लाख ९१ हजार ७७९ कित्ता सेयर लिलाममा ल्याएको हो। यसमा आवेदन दिने अन्तिम म्याद भदौ २२ गतेसम्म तोकिएको छ।
लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ जसभन्दा बढी मूल्य कबुल गर्नेले सेयर प्राप्त गर्नेछन्। सबैभन्दा बढी मूल्य कबुल गर्नेबाट सुरु गरी बाँकी सेयर क्रमशः दोस्रो बढी मूल्य कबुल गर्नेहरुलाई बाँडफाँड गरिनेछ।
लिलामीमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम भने सम्पूर्ण सेयरका लागि दिन सकिनेछ। आवेदन फारम काठमाडौँको कमलादीस्थित प्रभु क्यापिटल कार्यालयबाट, तथा काठमाडौं बाहिर विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीस्थित प्रभु बैंक शाखाबाट लिन र बुझाउन सकिनेछ।
यसअघि कम्पनीले असार २२ देखि साउन २६ गतेसम्म १:०.५० अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको सेयर हाल लिलाममार्फत बिक्री गर्न लागिएको हो।
















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया