पिपुल्स पावर लिमिटेडले चैत ८ गते बसेको सञ्चालक समितिको बैठकमार्फत नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सभा चैत २९ गते आइतबार, बिहान ११ बजेदेखि काठमाडौं महानगरपालिकाको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
त्यसैगरी, चालू आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, कम्पनीको ठेगाना परिवर्तन, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृति तथा अन्य विविध प्रस्तावहरू पनि सभामा पेश गरिनेछन्।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिन सेयर दर्ता पुस्तिका (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ। यस अनुसार चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।




















प्रतिकृया