पिपुल्स पावर लिमिटेडले अवितरित हकप्रद सेयरको लिलाम बिक्रीमा आवेदन दिने आज (भदौ २२) अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २२ देखि साउन २६ सम्म १:०.५० अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। असार १ गतेसम्म सेयरधनीलाई बाँडफाँड गर्दा ९१ हजार ९३८ जनाले २७ लाख ७१ हजार २११ कित्ता सेयर पाइसकेका छन्। बाँकी ३ लाख ९१ हजार ७७९ कित्ता सेयर अब लिलाम बढाबढमार्फत बिक्रीमा राखिएको छ।
प्रतिकित्ता न्यूनतम रु. १०० तोकिएको सेयर खरिदका लागि आवेदन दिन कम्तीमा १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। इच्छुक सर्वसाधारण, संस्थापक वा संघसंस्थाले प्रभु क्यापिटल, कमलादी, काठमाडौं तथा प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामार्फत आवेदन पेश गर्न सक्नेछन्।




















प्रतिकृया