पिपुल्स पावर लिमिटेडले भदौ १५–२२ गते लिलाम मार्फत खुला गरेको बाँकी ३ लाख ९१ हजार ७७९ कित्ता सेयरको बाँडफाँड गरेको छ।
बोलपत्रहरू भदौ ३० गते खोलेर आवश्यक प्रशोधन गरिएको थियो र असोज ५ गते सञ्चालक समितिको रोहबरमा आवेदककर्तालाई बाँडफाँड गरिएको हो।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) २६१.५० रुपैयाँ कायम भएको छ। यस मूल्यमा बोलपत्र पेश गर्ने आवेदकले सापेक्षिक भार अनुसार समानुपातिक रूपमा सेयर पाएका छन्।
सेयर नपाउने आवेदकहरूको रकम आजदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ।




















प्रतिकृया