फर्स्ट माइक्रोफाइनान्सले १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा फर्स्ट माइक्रोफाइनान्सका संस्थापक सेयरधनीहरू मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
आवेदन दिदा न्यूनतम मूल्य २८० रुपैयाँ वा सोभन्दा बढी कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा पेश गर्नुपर्नेछ। यदि तोकिएको समयमा कुनै पनि संस्थापकबाट आवेदन प्राप्त नभएमा कम्पनीले उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्ने जनाएको छ।














![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया