पुस मसान्तसम्म डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.४९ प्रतिशतले बढेर २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष यस अवधिमा लघुवित्तले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बढेसँगै खुद नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशतले बढेर ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १११.९२ प्रतिशतले बढेर ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा लघुवित्तको खराब कर्जा १०.४१ प्रतिशतबाट घटेर ६.०९ प्रतिशतमा सीमित भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १६ पैसाले बढेर २८ रुपैयाँ ८० पैसा पुगेकDDBL) छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ २२ पैसा रहेको छ।
हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ छ, भने जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ सञ्चित रहेको छ।













प्रतिकृया