नेप्सेमा एकैदिन ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एकैदिन ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

जीवन विकास लघुवित्तको २१ लाख ५० हजार ६४०.१६ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 20 123509 https://bajarkochirfar.com/bonus-shares-of-3-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

लक्ष्मी सनराइज बैंकको २ करोड ४३ लाख ४६ हजार ५१२.२३ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 20 123748 https://bajarkochirfar.com/bonus-shares-of-3-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

डिप्रोक्स लघुवित्तको १८ लाख ६८ हजार २८५.६९६१ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 20 123928 https://bajarkochirfar.com/bonus-shares-of-3-companies-listed-on-nepse-on-the-same-day-when-can-they-be-traded-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स