लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०८२ पुस २८ गते सोमबार चितवनको सौराहामा २४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक समिति अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै उक्त आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्दै सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने निर्णय गरेको छ । बोनस सेयर पश्चात संस्थाको चुक्ता पूँजी २ अर्ब ५ करोड ५१ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरूले उठाएका जिज्ञासाबारे अध्यक्ष खनालले स्पष्ट पारेका थिए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।

साधारण सभाबाट संस्थापक समूहको तर्फबाट बाँकी अवधिका लागि नेपाल बैंक लिमिटेडका प्रतिनिधि प्रदीप कुमार पाठक तथा सर्वसाधारण समूहबाट शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स