डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ। संस्थाले संस्थापक सेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको सेयर बिक्री प्रक्रिया खुलाएको हो।
संस्थाले कुल ३० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि आह्वान गरेको छ। उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय, सितापाईला (काठमाडौं) मा आवेदन दिन सक्नेछन्।
निर्धारित अवधिभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको अवस्थामा, प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।




















प्रतिकृया