instainsta

पानी पर्न थालेसँगै डेङ्गीको जोखिम बढ्यो, सतर्क रहन चिकित्सकको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २१ गते
पानी पर्न थालेसँगै डेङ्गीको जोखिम बढ्यो, सतर्क रहन चिकित्सकको आग्रह
AdvertisementAds

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेङ्गीको जोखिम पनि बढ्ने बताए ।

“केही दिनअघि परेको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको विकास हुने गर्दछ । र त्यही लामखुट्टेले डेङ्गी सार्ने गर्दछ ।” उनले पानी पर्न सुरु गरेकोले डेङ्गी सङ्क्रमणको जोखिम पनि बढेको बताए । उनले डेङ्गीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरे ।

कीटजन्य रोग शाखा प्रमुख डा दाहालका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी रोग लाग्दछ । तसर्थ लामखुट्टेले फूल पार्नसक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स