रोकिएको स्वास्थ्य बीमा सेवा धुलिखेल अस्पतालमा भदौ १ देखि पुनः सुरु हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
 रोकिएको स्वास्थ्य बीमा सेवा धुलिखेल अस्पतालमा भदौ १ देखि पुनः सुरु हुँदै
AdvertisementAds

 धुलिखेल अस्पतालले भदौ १ गतेदेखि पुनः स्वास्थ्य बीमा सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले हालका लागि बहिरंग सेवा (ओपीडी) अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो।

स्वास्थ्य बीमा बोर्डबाट निर्धारित स्वास्थ्य बीमा थैलीमा रहेको आर्थिक तथा प्राविधिक सीमितताका कारण अस्पतालले यसअघि स्वास्थ्य बीमा सेवा स्थगित गरेको थियो।

बोर्डले गत असार ३० गते स्वास्थ्य बीमा थैली परिमार्जन गरेपछि सेवा सञ्चालनमा सहजता हुने र भुक्तानी सुनिश्चित हुने आश्वासन प्राप्त भएकाले सेवा पुनः सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार स्वास्थ्य बीमा सेवा आइतबारलगायत सरकारी निकाय बिदा हुने सार्वजनिक बिदाका दिन भने सञ्चालन हुने छैन।

स्वास्थ्य बीमा सेवा लिन आउने सेवाग्राहीले यसअघि साविकको प्रथम सेवा विन्दुबाट जारी गरिएको रिफरल पुर्जी अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स