सिटिजन लाइफको नाफा दोब्बर बढीले बढ्यो, अन्य सूचक कस्ता ?

सिटिजन लाइफको नाफा दोब्बर बढीले बढ्यो, अन्य सूचक कस्ता ?

सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। यस अबधिमा इन्स्योरेन्सली २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद बिमा शुल्क आर्जन बढेपछि कम्पनीको नाफा बढेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमा शुल्क आर्जन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। जुन गत वर्ष २ अर्ब ५७ करोड रुपैयाँ थियो। यता कर्जा र लगानीको आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म इन्स्योरेन्सको कुल आम्दानी २४.६४ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने कुल खर्चपनि २२.२७ प्रतिशतले बढेर ३ आफ्ना ९५ करोड रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा रहेको छ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स