नेपाल धितोपत्र बोर्डमा आत्मनिर्भर लघुवित्तको बोनस सेयर दर्ता भएको छ। वैशाख २१ गते कम्पनीको बोनस सेयर दर्ता भएको छ। कम्पनीले २०८०/८१ को नाफा बाट वितरण गरेको १४.२५ प्रतिशत ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर धितोपत्र बोर्डमा दर्ता भएको हो।
धितोपत्र बोर्डमा बोनस सेयर दर्ता भएसँगै अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अघि बढ्नेछ। नेप्सेमा सूचीकरण भइसकेपछि यी सेयरहरू सम्बन्धित कम्पनीका सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिनेछन्। त्यसपछि लगानीकर्ताहरूले बजारमा ती सेयरहरू खरिद-बिक्री गर्न सक्नेछन्।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया