बैंकहरूले ९ महिनामा कमाए ४१ अर्ब २५ करोड नाफा, नबिल अगाडि-एनआईसी एशिया पछाडी

बैंकहरूले ९ महिनामा कमाए ४१ अर्ब २५ करोड नाफा, नबिल अगाडि-एनआईसी एशिया पछाडी

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म (चैत मसान्त) वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४० प्रतिशतले मात्र बढी हो। गत वर्ष बैंकहरुले यस अवधिमा ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका थिए।

प्रकशित त्रैमासिक विवरणअनुसार, २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा बढेको छ भने ९ वटाको नाफा घटेको छ। सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बैंक बनेको छ, जसले तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।नबिलपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ५४ करोड र ग्लोबल आइएमई बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएका छन्। यी दुई बैंकको नाफामा क्रमशः ३८.६१ प्रतिशत र ३७.१२ प्रतिशतले बढेको देखिएको छ। धेरै कमाउने नबिल बैंकको नाफा भने ८.२१ प्रतिशत मात्रैले बढेको छ।

सर्वाधिक नाफा कमाउने बैंक बन्यो नबिल, तेस्रो त्रैमासमा कमायो ५ अर्ब नाफा

नाफा वृद्धिदरका हिसाबले सबैभन्दा अगाडि नेपाल बैंक लिमिटेड रहेको छ। अघिल्लो वर्ष १३ करोड ५ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यो बैंकले यस त्रैमाससम्म आइपुग्दा २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ, जुन २ हजार ३२ प्रतिशतभन्दा धेरैको वृद्धि हो।
त्यसैगरी, लक्ष्मी सनराइज बैंकको नाफा २.२४ प्रतिशतले मात्रै बढेको छ, जुन सबैभन्दा कम वृद्धिदर हो।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएसमा गिरावट, खुद नाफा ११ प्रतिशतले घट्यो

धेरै नाफा घट्नेमा एनआईसी एशिया अगाडि आएको छ। अघिल्लो वर्ष १ अर्ब ९१ करोड नाफा कमाएको यस बैंकले यो वर्षको सोही अवधिमा मात्र १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन ९१.८१ प्रतिशतले थोरै हो। यस्तै हिमालयन बैंक र कुमारी बैंकको नाफा पनि क्रमशः ७४.३३ प्रतिशत र ७२.८५ प्रतिशतले घटेको छ।

Q3 1 https://bajarkochirfar.com/banks-earned-rs-41-25-billion-profit-in-9-months-nabil-leads-nic-asia-follows | %tags

इम्पेयरमेन्ट चार्ज बढेपनि एनएमबिको नाफा किन बढ्यो ?

 

लक्ष्मी सनराइज बैंकको तेस्रो त्रैमासमा खुद नाफा २.२४% बढ्यो ब्याज आम्दानी ७.३१% घट्यो

हिमालयन बैंकको नाफा सँगै ईपीएस पनि घट्यो

 

कुमारी बैंकको नाफा ७२.८५% ले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

एनआईसी एशियाको नाफा १५ करोडमा सीमित, ईपीएस कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ४ अर्ब, ईपीएस कति ?

 

ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा?

 

माछापुच्छ्रे बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ईपीएस दोहोरो अंकमा

नेपाल बैंकको नाफामा किन देखियो २ हजार प्रतिशतको चमत्कारी वृद्धि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स