लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड २१ लख ६३ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी २.०८ प्रतिशतले घटेर १० अर्ब २५ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज ४ अर्ब बाट घटेर ३ अर्ब २० लाखमा आएको छ।
यो पनि पढ्नुहोस्: हिमालयन बैंकको नाफा सँगै ईपीएस पनि घट्यो | BAJARKO CHIRFAR
खराब कर्जा अनुपात ०.३७ प्रतिशतबिन्दुले बढेर ५.८६ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ४४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७६ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। भने वितरणयोग्य नाफा ७७ करोड २७ लाख २० हजार रुपैयाँ रहेको छ ।
बैंकको जगेडा कोषमा १७ अर्ब ७६ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४ पैसाले घटेर ९ रुपैयाँ ०५ पैसा मा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा रहेको छ।


प्रतिकृया