हिमालयन बैंकको नाफा सँगै ईपीएस पनि घट्यो

हिमालयन बैंकको नाफा सँगै ईपीएस पनि घट्यो
Advertisement Ads

हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७४.३३ प्रतिशतले घटेर ५० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ८.०८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ४.६३ प्रतिशतले घटेर ९ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ। यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ ।

इम्पेयरमेन्ट चार्ज २ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ३२ करोड रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात २.७२ प्रतिशतबिन्दुले बढेर ७.६८ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्: कुमारी बैंकको नाफा ७२.८५% ले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक | BAJARKO CHIRFAR

समीक्षा अवधिमा बैंकले ३ खर्ब १ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोषमा २२ अर्ब ८३ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ९१ पैसाले घटेर ३ रुपैयाँ ०८ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा रहेको छ।

HBL https://bajarkochirfar.com/himalayan-banks-eps-also-declined-along-with-its-profit | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स