लक्ष्मी सनराइज बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकबाट ऋण लिएर सम्झौता बमोजिम साँवा तथा ब्याज नबुझाउने ऋणी र जमानीकर्ताहरूका नाममा यो अन्तिम चेतावनीपूर्ण सूचना प्रकाशित गरिएको हो।
ऋणीहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी नगरेमा बैंकले धितो सुरक्षणमा रहेका घरजग्गाहरू लिलाम गरी आफ्नो लगानी असुल गर्नेछ। लिलाम प्रक्रियामा सहभागी हुन इच्छुक व्यक्ति वा संस्थाहरूले तोकिएको समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ।


















प्रतिकृया