लक्ष्मी सनराइजको ‘सनसेट’: अर्बौं कमाउने बैंक २७ करोड घाटामा

लक्ष्मी सनराइजको ‘सनसेट’: अर्बौं कमाउने बैंक २७ करोड घाटामा

लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ऋणात्मक रहेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानी सामान्य बढेपनि इम्पेयरमेन्ट चार्ज उल्लेख्य बढेका कारण बैंकको खुद नाफा ऋणात्मक हुन पुगेको हो।

दोस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशतले बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट बढेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा १५ करोड ९८ लाख ८ हजार रुपैयाँ ऋणात्मक भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.१७ प्रतिशतबिन्दुले घटेर ५.५० प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.४४ प्रतिशत रहेको छ भने आधार दर ५.४७ प्रतिशत रहेको छ। यता, बैंकको वितरणयोग्य नाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी ११.५९ रूपैयाँले घटेर २.०४ रुपैयाँ ऋणात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ।

LATEST Q2 Design Bank 5 https://bajarkochirfar.com/laxmi-sunrises-sunset-bank-that-used-to-earn-billions-loses-rs-270-million | %tags

Q2 NMB https://bajarkochirfar.com/laxmi-sunrises-sunset-bank-that-used-to-earn-billions-loses-rs-270-million | %tags
यो पनि पढ्नुहोस

एनएमबि बैंकको नाफामा ‘ब्रेक’: डेढ अर्ब प्रोभिजन छुट्याउँदा नाफा घट्यो, खराब कर्जाको चुनौती बढ्यो !

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स