एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा १७.७१ प्रतिशतले घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र खुद शुल्क तथा कमिशन आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
दोस्रो त्रैमाससम्ममा एनएमबि बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँमा पुगेको छ भने कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ पुगेको छ।
यता, सञ्चालन मुनाफा १५.२९ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ४७ लाखबाट बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ०.५९ प्रतिशतबिन्दुले बढेर ४.५६ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५.०९ प्रतिशत रहेको छ भने आधार दर ५.४८ प्रतिशत रहेको छ। यता, बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा छ।
बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा जगेडा कोषमा १३ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी ३.६८ रुपैयाँले घटेर १७.१० रुपैयाँमा आएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ।


प्रतिकृया