ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा?

ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानी घट्यो, कति कमायो नाफा?

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३२ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेर १५ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ।

इम्पेयरमेन्ट चार्ज ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर ३ अर्ब ११ करोड रुपैयाँमा आएको छ। खराब कर्जा अनुपात ०.२४ प्रतिशतबिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

यो पनि पढ्नुहोस्: माछापुच्छ्रे बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ईपीएस दोहोरो अंकमा | BAJARKO CHIRFAR

खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशतले बढेर २ अर्ब ३१ करोड रुपैयाँमा पुगेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेर १५ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशतले बढेर ६ अर्ब ३४ करोड रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले ५ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ अर्ब रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६६ पैसाले बढेर १५ रुपैयाँ ८६ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।

GBIME https://bajarkochirfar.com/global-ime-banks-net-interest-income-decreased-how-much-profit-did-it-make | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स