माछापुच्छ्रे बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ईपीएस दोहोरो अंकमा

माछापुच्छ्रे बैंकको नाफा २९ प्रतिशतले बढ्यो, ईपीएस दोहोरो अंकमा

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २८.८९ प्रतिशतले बढेर १ अर्ब १० करोड २६ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी १३.०६ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड रुपैयाँमा पुगेको छ। इम्पेयरमेन्ट चार्ज ९४ करोड ४३ लाख रुपैयाँबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँमा आएको छ।

इम्पेयरमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको हो ।

यो पनि पढ्नुहोस्: नेपाल बैंकको नाफामा किन देखियो २ हजार प्रतिशतको चमत्कारी वृद्धि? | BAJARKO CHIRFAR

बैंकको खुद खराब कर्जा अनुपात ०.९१ प्रतिशत बिन्दुले बढेर ,४.५९ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.८४ रुपैयाँले बढेर १२.६५ रुपैयाँमा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

MBL https://bajarkochirfar.com/machhapuchhre-banks-profit-increases-by-29-percent-eps-in-double-digits | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स