नेपाल बैंकको नाफामा किन देखियो २ हजार प्रतिशतको चमत्कारी वृद्धि?
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २ हजार ३२ प्रतिशत धेरै हो। गत वर्ष यस बैंकले १३ करोड नाफा कमाएको थियो ।
इम्पेयरमेन्ट चार्ज ३ अर्ब ६६ करोडबाट घटेर २८ करोड २८ लाख रुपैयाँ कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो । त्यसैगरी, खुद ब्याज आम्दानी पनि ६ अर्ब ७७ करोडबाट बढेर ७ अर्ब १० करोड पुगेको छ ।
यता सञ्चालन आम्दानी ७.१९ प्रतिशतले बढेर ८ अर्ब ५६ करोड रुपैयाँमा पुगेको छ। खुद खराब कर्जा अनुपात ०.७० प्रतिशत बिन्दुले बढेर ५.४५ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकले ३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यो पनि पढ्नुहोस्: खुद ब्याज आम्दानी बढ्दा बढ्यो गुराँस लघुवित्तको नाफा | BAJARKO CHIRFAR
बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ ८ पैसाले बढेर २५ रुपैयाँ २६ पैसामा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ २६०.७४ रुपैयाँ रहेको छ।