insta insta

नेपाल बैंकको नाफामा १८३ प्रतिशतको उछाल, कारण के ?

नेपाल बैंकको नाफामा १८३ प्रतिशतको उछाल, कारण के ?
Advertisement Ads

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा १८३.०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख ५२ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४६ करोड १० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्जमा उल्लेख्य कमी आएका कारण बैंकको नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी १.५९ प्रतिशतले घटेर ५ अर्ब ३४ करोड ९० लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ। यता, इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको सोही अवधिमा रहेको २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँबाट घटेर ४७ करोड ९९ लाख रुपैयाँमा आएको छ। इम्पेयरमेन्ट चार्ज घटेकै कारण सञ्चालन नाफा ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख ६ हजार रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.३५ प्रतिशतबिन्दुले बढेर ५.३४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खराब कर्जा अनुपात ४.९९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ६४ अर्ब ८७ करोड ६१ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ३० करोड ३ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन ९.८७ प्रतिशत र कर्जा प्रवाह ४.४४ प्रतिशतले बढेको हो। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६७.४८ प्रतिशत रहेको छ भने आधार दर ४.९६ प्रतिशत कायम रहेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९१ करोड ४९ लाख २३ हजार रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ अर्ब ७८ करोड २३ लाख ५८ हजार रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसाले बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १३.५७ गुणा रहेको छ।

LATEST Q2 Design Bank 1 https://bajarkochirfar.com/nepal-banks-profit-jumps-by-183-percent-what-is-the-reason | %tags

Q2 SINDU https://bajarkochirfar.com/nepal-banks-profit-jumps-by-183-percent-what-is-the-reason | %tags
यो पनि पढ्नुहोस

गत वर्षको इम्पेयरमेन्ट चार्ज ‘रिभर्स’ ले थामेको सिन्धु विकास बैंकको नाफा यसपटक टिक्न सकेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स