नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द हुने जानकारी दिएको छ। बैंकका अनुसार यो प्रणाली स्तरोन्नतिको कार्य आज शुक्रबार राति ११ बजेदेखि सुरु भई भोलि शनिबार बिहान ९:४५ बजे सम्पन्न हुनेछ। उक्त अवधिमा नेपाल बैंकका सबै बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन्।
बैंकले प्रणाली स्तरोन्नतिको क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक वित्तीय कारोबार तोकिएको समयमा व्यवस्थापन गर्न आग्रह गरेको छ। साथै, बैंकले सेवा गुणस्तर सुधार र सुरक्षित तथा प्रभावकारी बैंकिङ प्रणाली सञ्चालनका लागि समय–समयमा प्रणाली स्तरोन्नति गर्दै आएको जानकारी दिएको छ।











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया