नेपाल बैंकले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

नेपाल बैंकले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

नेपाल बैंक लिमिटेडले आफ्नो ६६ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ।

यस्तै, सभामा आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधासम्बन्धी व्यवस्थामा संशोधन गर्न बैंकको नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस २० गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स