नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ३२.६७ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चौथो त्रैमाससम्ममा नेपाल बैंकको खुद ब्याज आम्दानी १६.८० प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १५.६६ प्रतिशतले बढेर ११ अर्ब ९४ करोड ३९ लाख रुपैयाँमा पुगेको छ। यता, सञ्चालन नाफा ६९२ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
बैंकको खराब कर्जा अनुपात ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा नेपाल बैंकले १७ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चित छ।
बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस्तै बैंकको प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ रहेको छ ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।


प्रतिकृया