नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन मुनाफा ३२.८१ प्रतिशतले बढेर ९१ करोड ७१ लाख रुपैयाँ पुगेको छ।
🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट
नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.५४ प्रतिशतबिन्दुले बढेर ५.४९ प्रतिशत पुगेको छ ।ब
बैंकको वितरणयोग्य मुनाफा ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष यस अबधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब रुपैयाँ थियॊ। नाफाका आधारमा वार्षिक लाभांश क्षमता १५.५२ प्रतिशत ऋणात्मक रहेको बैंकले जनाएको छ।
समीक्षा अवधिमा नेपाल बैंकको प्रतिसेयर आम्दानी ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा सीमित भएको छ। भने प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा र मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ।


प्रतिकृया