गत वर्षको इम्पेयरमेन्ट चार्ज ‘रिभर्स’ ले थामेको सिन्धु विकास बैंकको नाफा यसपटक टिक्न सकेन

गत वर्षको इम्पेयरमेन्ट चार्ज ‘रिभर्स’ ले थामेको सिन्धु विकास बैंकको नाफा यसपटक टिक्न सकेन

सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंक नोक्सानीमा रहेको छ। बैंकले पुष मसान्तसम्म १ करोड ५४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा फि–कमिसन आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज बढ्नु र सञ्चालन खर्च उच्च रहनुका कारण बैंक नोक्सानीमा पुगेको हो।

दोस्रो त्रैमाससम्ममा सिन्धु विकास बैंकको खुद ब्याज आम्दानी ३.८९ प्रतिशतले बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ५६ प्रतिशतले बढेर ८६ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

यता, अघिल्लो वर्ष ८ करोड ६२ लाख रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज अहिले बढेर १७ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात २.६७ प्रतिशतबिन्दुले घटेर ६.३९ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकले ५ अर्ब ६६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। साथै, रिजर्भमा १ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १९ पैसा रहेको छ।

Q2 4 3 https://bajarkochirfar.com/sindhu-bikas-banks-profits-which-were-sustained-by-last-years-impairment-charge-reverse-could-not-be-sustained-this-time | %tags
यो पनि पढ्नुहोस

सपोर्ट लघुवित्तको लोभलाग्दो प्रगति: दोब्बर बढ्यो नाफा, लाभांश बाँड्न सक्ने क्षमता कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स