सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १०४.८३ प्रतिशतले बढेर ३ करोड १७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।
दोस्रो त्रैमाससम्ममा सपोर्ट लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशतले बढेर ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशतले बढेर १० करोड ३९ लाख पुगेको छ। यता, सञ्चालन मुनाफा ७३.८३ प्रतिशतले बढेर ३ करोड ८४ लाख पुगेको छ भने समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात १.४३ प्रतिशतबिन्दुले बढेर ३.१७ प्रतिशत पुगेको छ।
लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ४ करोड ४० लाख रुपैयाँ र जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ।
लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५५ पैसाले बढेर ५१ रुपैयाँ ८७ पैसामा पुगेको छ। यस्तै, वितरणयोग्य प्रतिसेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ।
पुस मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३४.३७ गुणा रहेको छ।

सांग्रिला विकास बैंकको कोर बिजनेसमा आक्रामक सुधार: ब्याज आम्दानी १ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?




















प्रतिकृया