SHAREHUBSHAREHUB

सपोर्ट लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा, अझैसम्म खातामा नआएकाले के गर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १० गते
AdvertisementAds
सपोर्ट लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा, अझैसम्म खातामा नआएकाले के गर्ने ?
AdvertisementAds

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको छ। सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार बोनस सेयर सम्बन्धित प्रणालीमार्फत वितरण गरिएको हो।

कम्पनीको गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट उक्त बोनस सेयर स्वीकृत भएको थियो। त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक (डिम्याट) रूपमा कारोबार हुने व्यवस्था मिलाइएको छ।

गत पुस १५ गतेसम्म आफ्नो सेयर अभौतिकीकरण गराइसकेका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित हितग्राही खातामा पहिले नै जम्मा भइसकेको कम्पनीले जनाएको छ। सो मितिपछि अभौतिकीकरण गर्ने सेयरधनीहरूको हकमा भने क्रमशः बोनस सेयर खातामा जम्मा गरिने व्यवस्था रहेको छ।

त्यसैगरी, उक्त मितिसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का राखी हितग्राही खातामा जम्मा गरिएको छ। कर्जा चुक्ता गरिसकेका सेयरधनीहरूले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी सेयर फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स