खुद ब्याज आम्दानी बढ्दा बढ्यो गुराँस लघुवित्तको नाफा

खुद ब्याज आम्दानी बढ्दा बढ्यो गुराँस लघुवित्तको नाफा

गुराँस लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा २०.६२ प्रतिशतले बढेर २ करोड ७१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढ्दा लघुवित्तमा खुद नाफा पनि बढेको हो। खुद ब्याज आम्दानी ५६.६६ प्रतिशतले बढेर ८ करोड ९२ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ३३.९२ प्रतिशतले बढेर ११ करोड २ लाख रुपैयाँमा पुगेको छ।

यो पनि पढ्नुहोस्:  ब्याज आम्दानी घटेपनि किन बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा ? | BAJARKO CHIRFAR

खराब कर्जा अनुपात ०.३२ प्रतिशत बिन्दुले बढेर ३.०१ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले ४० करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८८ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ६५ पैसा बढेर ३१ रुपैयाँ २० पैसा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ २६ पैसा रहेको छ।

 अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

GLBSL https://bajarkochirfar.com/gurans-microfinances-profit-increases-as-net-interest-income-increases | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स