मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशतले बढेर ९ करोड २४ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी ३१.४४ प्रतिशतले घटेर १३ करोड २६ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ७.४५ प्रतिशतले बढेर १३ करोड २० लाख रुपैयाँमा पुगेको छ।
खुद ब्याज आम्दानी घटेपनि खुद फि तथा कमिशन आम्दानी बढ्नु र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।इम्पेयरमेन्ट चार्ज २ करोड ६४ लाख रुपैयाँबाट घटेर २१ लाख रुपैयाँमा आएको छ। भने खुद फि तथा कमिशन आम्दानी १९ करोड ३५ लाख रुपैयाँले बढेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ।
खराब कर्जा अनुपात २.६३ प्रतिशतबाट घटेर ०.७८ प्रतिशतमा आएको छ। बैंकको वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ रहेको छ ।समीक्षा अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ९४ पैसा बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ रहेको छ।



![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया